हामीसँग जोडिनुहोस

एसपीलाई रुं ५० हजार घुस दिन आउने दुई जना परिसरबाटै पक्राउ

1 मिनेट

भक्तपुर, २८ पुस । लागू औषध मुद्दामा पक्राउ परेकालाई छुटाइदिन आग्रह गर्दै प्रहरी उपरीक्षक प्रजित केसीलाई घुस दिन प्रहरी परिसर भक्तपुर आइपुगेका दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख केसीलाई रु. ५० हजार घुस दिन परिसर कार्यालय आइपुगेका धादिङ गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँका ३२ वर्षीय बिरोध तामाङलाई प्रहरी उपरीक्षक केसीकै निर्देशनमा प्रहरी नायब उपरीक्षक राजू पाण्डेले पक्राउ गरि हिरासतमा राखेको हो ।

यहीँ पुस २६ गते एक किलो लागू औषधिसहित पक्राउ परेको धादिङ गल्छी–५ का ३१ वर्षीय गोबिन्द तामाङलाई छुटाइदिन दबाब दिदै आएका तामाङद्धयलाई परिसरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक किलो लागूऔषध पोल्याण्डसहित २६ गते पक्राउ परेका व्यक्तिलाई छुटाईदिन बिभिन्न सोर्स तथा दबाब दिदै आएका थिए, जस्तो सुकै दबाब आए पनि नछाड्ने गरि कारबाही प्रक्रिया अगाडि बढाएको थिए, आज साँझ ४ बजे मेरो मोवाइल नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भनेर प्रस्ताव राखे, त्यसपछि मैले परिसरमै बोलाए र उनीहरुलाई परिसर कार्यालयबाटै पक्राउ गरियो ।”

प्रहरीले पक्राउ परेका अर्जुन तामाङको साथबाट ५७ हजार ५०० रुपैयाँ बदामद गरेको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।