हामीसँग जोडिनुहोस

जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप आज रिहा हुँदै

1 मिनेट

काठमाडौं,पुस २९ ।

जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्।

हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका हुन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो।

धरौटीमा रिहा भएपछि पनि उनले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ। लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए। उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो। त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

जाहेरी दर्ता हुँदा लामिछाने केन्यासँगको ट्वेन्टी९ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए।उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।