हामीसँग जोडिनुहोस

सुनको मुल्य आज पाँच सय रुपैयाँले बढ्यो

1 मिनेट

काठमाडौँ, २९ पुष ।
सुनको भाउ लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।
आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।
रुस र युक्रेन युद्ध, डलर कमजोर, अस्थितरता र लगानीको जोखिमका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार बढेको छ । यसले गर्दा भाउ बढेको शाक्यले बताउनुभयो । पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र शेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ ।
सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा भाउ बढेको शाक्यको भनाइ छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।