
एजेन्सी, फाल्गुन १४ ।
युक्रेनमा शान्ति स्थापनाको माग गर्दै फ्रान्सको पेरिस र जर्मनीको बर्लिन सहरमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् । रुस युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको भोलिपल्ट फ्रान्स र जर्मनीका राजधानीमा युवाहरूले शान्ति आह्वान गर्दै यस्तो र्याली निकालेका हुन् ।बर्लिनमा शनिबार भेला भएका हजारौं मानिसहरूले जर्मन सरकारलाई युक्रेनमा हतियार वितरणमा रोक लगाउन माग गर्दै शान्ति वार्ताका लागि आह्वान गर्न दबाब दिएका थिए । यद्यपि उक्त प्रदर्शनले रुसको आक्रमणबाट आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनको अधिकारलाई कमजोर पार्ने भन्दै प्रदर्शनमाथि आलोचना भएको थियो ।तर आन्दोलनका अगुवाहरूले यो आन्दोलन इमानदार रुपमा शान्ति चाहनेहरूको आह्वान भएको बताएका छन् । केही प्रदर्शनकारीहरूले भने ुअमेरिकीहरू घर जाऊु जस्ता नारा पनि लगाएका छन् ।
यसैबीच, प्रदर्शनमा वामपन्थी र दक्षिणपन्थीहरूका मिश्रित प्रतिक्रिया पनि आएका छन् । प्रदर्शनको अगुवाइ गर्नेमध्ये एक प्रसिद्ध लेखक एलिस स्वार्जरले युक्रेन युद्धलाई वामपन्थ र दक्षिणपन्थभन्दा बाहिरबाट हेर्नुपर्ने बताएकी छन् ।
प्रदर्शनमा १३ हजार मानिस सहभागी भएको प्रहरीले जनाएको छ। जवकि प्रदर्शनकारीहरूले ५० हजार मानिस भेला भएको दाबी गरेका छन् ।