हामीसँग जोडिनुहोस

बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने

1 मिनेट

फागुन २०, काठमाण्डौ ।

बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि प्रहरीले कडाइ गरेको हो ।

आफूले लिएको कर्जा तिर्नुको सट्टा उल्टै वित्तीय संस्था तथा सञ्चालकमाथि भौतिक आक्रमण गर्नेसम्मका धम्की आउन थालेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षाको व्यवस्था गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन भनेको छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भन्दै गतिविधि गर्नेमाथि अब कारबाही हुने प्रहरीले जनाएको छ । राष्ट्र बैंक र निजी क्षेत्रका बैंकहरुले पनि ऋण तिर्दिनँ भन्नु अराजकता भएको भन्दै यस्ता अराजकता निम्त्याउने काम नगर्न आह्वान गरेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताउनुभएको छ । पछिल्लो समय बैंकको ब्याजदर तथा लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने भन्दै उहाँले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाएर कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।