हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

1 मिनेट

काठमाडौ,२४ फागुन ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए।

अदातलमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए। त्यसपछि उनीहरु निरन्तर छलफलमा छन्। द्वन्द्वकालका मुद्दा अदालतमा लगिएको भन्दै हिजो माओवादी घटकका ८ दलले संयुक्त विज्ञप्ती जारी गर्दै संयुक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।