हामीसँग जोडिनुहोस

प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा

1 मिनेट

काठमाण्डौ,७ चैत ।

प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका आज मङ्गलवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप भोलि बुधवारदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिता सुरु हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । लिगका खेल बेलुकी ६ बजे सुरु हुनेछ । फाइनल खेल चैत १७ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ ।

प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।