हामीसँग जोडिनुहोस

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि कम हुने

1 मिनेट

२९ चैत्र काठमाडौँ ।

वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब ुकु वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि १२ प्रतिशतसम्म ब्याज पाइरहेका निक्षेपकर्ताले अब बढीमा ९ दशमलव ९९ प्रतिशतमात्रै ब्याज पाउनेछन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बचतको ब्याजदर पनि ९ प्रतिशतबाट न्यूनतम साढे ५ प्रतिशतसम्म आएको छ ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घट्नेछ । आउँदो असारसम्म बैंकहरूले निक्षेप र कर्जाबीचको अन्तर ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ । अहिले ऋणीहरूबाट वाणिज्य बैंकहरूले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् । अब कर्जा र निक्षेपबीचको अन्तर ४ प्रतिशतमा झारेमा ऋणीहरूले साँच्चै १४ प्रतिशत ब्याजदरमै ऋण पाउने एक बैंकरले बताएका छन् ।

तीव्र आर्थिक संकटका बीच पनि उद्योगी व्यवसायीले ८ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ बढीको कर्जा उपभोग गरेको देखिएको छ । नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ पुगेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब २२ अर्ब ४९ करोड ९१२।८प्रतिशत० ले बढेको थियो ।
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४।६ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५।४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३।७ प्रतिशत र ३६।३ प्रतिशत रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।