
भक्तपुर, वैशाख ३ ।
भक्तपुरस्थित बालकोटमा २ जना ढलमा पुरिएका छन्।
ढलमा पुरिएर गम्भीर घाइते भएका दुवै जनाको अहिले उद्धार कार्य भइरहेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिनुभयो।
उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य भइरहेको छ। के–कसरी ढलमा पुरिए र उनीहरूको परिचयलगायतका थप विवरणपछि आउने प्रहरीले जनाएको छ।