हामीसँग जोडिनुहोस

राजनीतिलाई ठगि खाने पेशा बनाएर कमाउ धन्दा गर्ने नेताहरुलाई जनताले चिनेका छन् :सांसद दूर्लभ थापा

3 मिनेट

भक्तपुर, ३ बैशाख । प्रतिनिधि सभाका सांसद एवं नपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले नेपालका धेरै नेताहरुले राजनीतिलाई ठगि खाने पेशा बनाएर कमाउ धन्दा गरेको आरोप लगाउनु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा आज सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा बोल्दै उहाँले जनताको सेवा गर्न सांसद भएर गएका नेताले कमाउ धन्दा बनाएको बताउनु भएको हो ।

सांसद थापाले नेताहरुले उद्योग, कलकारखाना नखोल्ने तर त्यस्ता उद्योग, कलकारखानाहरुबाट मोटो रकम असुल्ने र रातारात धनी बनेर राजनीतिलाई कमाउधन्दा बनाउने राजनीतिक प्रबृत्तिको अन्त्य हुनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “मैले धेरै नेताहरु, सांसदहरु चिनेको छु, देखेको छु, धेरै राजनीतिक नेताहरुले राजनीतिलाई समाज सेवा र जनहितमा नभई कमाउ धन्दाको पेशा बनाएका छन्, कतिपय सांसद भएपछि रातारात कमाउ धन्दामा लागेर करोडपति बनेका छन्, त्यस्ता नेताहरुलाई समाजमा नङ्ग्याउनु पर्छ ।”

सांसद थापाले मुलुकनै आर्थिक मन्दीको चपेटामा परेको समयमा आयोजना गरिएको महोत्सवले स्थानीयलाई राहत पुगेको बताउदै नेपालीहरु जस्तो सुकै संकटमा पनि आसेर बाँच्न जान्ने भएकाले उनीहरुको भावना माथि खेलाची गर्न नहुने बताउनु भयो ।

महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महतले भन्नुभयो, “यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुाच पुर्याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उदेश्य हो, त्यसैले यहाँ रहेका बिभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक बिभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका छौँ ।”

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए ।

यसवर्ष बिभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गरिएको छ । महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री, भाडाकुडा र लत्ताकपडामा रहेको छ ।

अध्यक्ष महतले भन्नुभयो, “बालबालिकाको आकर्षण बिभिन्न मनोरञ्नात्मक खेलहरुमा रहयो, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्नात्मक कार्यक्रममा रहयो । गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ । महोत्सवले सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न महोत्सव सफल रहयो ।”

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको महोत्सवमा संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहेको उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क रार्खिको थियो । संयोजक थापाले बैशाख ४ गते भोली महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष साँस्कृतिक प्रस्तुती रहने बताउनु भयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।