हामीसँग जोडिनुहोस

हतियार तस्करीको आरोपमा जोर्डनका सांसद पक्राउ

1 मिनेट

एजेन्सी, ११ वैशाख ।

इजरायलले हतियार तस्करीको आरोपमा जोर्डनका सांसदलाई पक्राउ गरेको छ । इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्यरूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्‍याएको आरोपमा पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आएका रिपोर्टअनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारेका छन् । यी हतियार र सुन एउटा कारमा भेटिएको बीबीसी हिन्दीले जनाएको छ । यो कार जोर्डनका सांसदको थियो ।

सांसद ओडवान हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको छ । जोर्डनका अर्का सांसद आन्द्रे हवारीले भने आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गर्नुभएको बीबीसी हिन्दीले जानएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।