
जेठ ४, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले आज सिंहदरबारबाट पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शरणार्थीको नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।
गृह मन्त्रालयको स्वामित्वमा रहेको बीएबी–१४०५ नम्बरको जीप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू त्यो गाडीमा जाने गरेको प्रहरीको दाबी छ ।
चितवनको सौरहा र काठमाण्डौका सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले त्यो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएकामा आज पक्राउ परेका प्रहरीले जनाएको छ ।