हामीसँग जोडिनुहोस

सन्तोष दहालको: भुतै लाग्या हो

2 मिनेट

असार ६, काठमाण्डौ।

सन्तोष दहाल।

भुतै लाग्या हो (शिवरात्री विशेष)

 

  •  ए किस्न, तेरी आमाले सान्चुचुरो माथितिर घाँस काट्या छे रे
  • बढी भएछ,सबै ल्याउन नसकेर छोडेर आईछे ।
  • ३र४ मुठा कति छ, लिएर आईज ।
  • हजुरआमाले अह्राईन ।

 

  • नाम्लो र डोरी बोकेर किस्न लागे सान्चुचुरोको ओह्रालो ।
  • नजिकै पुग्दा माथिघरको नारन र थुम्काको माईलो भोर्लाको पात
  • बेरेर सलाई कोरेर तान्दै गरेको किस्नले देखिहाले ।
  • यिनीहरुले सुर्ती खान सिकेछन, पख्लास तेरा बालाई नभन्दिई,
  • किस्नले मनमनै भने ।

ए किस्नदाई  गाँजा तान्छौ,  नारनले बोलाए ।

ए……..आज त शिवरात्री पो हो त १

  • आजसम्म गाँजाको स्वाद थाहा पाएको छैन ।
  • खाएको थाहा पाए भने हजुरबाले घर जान दिँदैनन् ।
  • भो यिनले खाए पनि म खान्न ।
  • मनमनै सोचेर भनिदिए, होस् म त खान्न, हजुरबाले मार्छन,
  • खाएपछी लाग्छ रे,अनि म घर जानै पर्दैन ।

 

  • अलिकति १ र २ सर्को तान्दैमा के हुन्छ तरु हामीले त
  • तानिरहेका देखिनसरु यी हामीलाई केही भएको छ र रुू माईलोले करै गर्यो ।
  • मन राख्नको लागि भए पनि नतानी सुखै नपाईने भएपछी किस्नले २ सर्को ताने ।
  • एकैछिनमा रिँगटा लाग्न थाल्यो, चारैतिर घुमेको देख्न थाले ।
  • तिरिमिरि झ्याइँ 

 

  • अब घाँस न साँस , संसारै घुम्न थालिसक्यो ।
  • तैपनी अब हजुरबा र बुबाले मार्छन भन्ने डर चाहिँ रहिरहयो ।
    नाम्लोडोरी नै छोडेर रित्तै छेउभित्ता गर्दै घर पुगे ।
  • हजुरआमाले सोध्नुभो, 
  • लौ रित्तै पो आएछ,भेट्टाईनस घाँस, होइन मलाई एक्कासी के भो
  • के १ रिँगटा लागेर टाउको दुखेर केही देखिँन ।

 

  • लौ न नि रु के भो होला तरु कुन भुत लाग्यो होला मेरो नातिलाई
  • १ लौ न बुढा यसलाई के भो हेरिदिनोस त ।
  • भुत लाग्या जस्तो छ पन्छाईदिनु पर्यो ।
  • हजुरआमाले बाट्या धुप,अबिर र अक्षेता ल्याएर
  • हजुरबाको अगाडि राखिदिईन ।

 

  • हो… यसै गृहमण्डल देखि रुद्रेश्वरी,कालिदेवी,कालेश्वरी बटुक भैरव …..
  • यो अन्जान बाट गल्ती भो होला,तिमीलाई चोखो धुप अक्षता चढाएको छु ।
  • तुरुन्त आ आफ्नै थानीमानीमा फर्किजाउ है….. फट फट फट ११ ल अलि पर सर 
  • धुपधमार गरिसकेपछि हजुरआमाले सुत्न जा भन्नुभो नातिलाई ।

 

  • ओछ्यानमा गएर भुक्लुल्क पल्टेको, भुसुक्कै निदाए किस्न ।
  • अघिपछि सुत्दा कहिले झिँगाको संगीतले डिस्ट्रब गर्थ्यो,
  • कहिले के बिझाएर कहिले मुसा कराएर सुत्न दिँदैनथ्यो ।
  • तर आज त कति सजिलो ओछ्यान लाग्यो ।
  • ७ घण्टासम्म जिउँदै छ कि मरिसक्या हो जसरी निदाए ।

 

  • साँझ परेपछी धन्दा सकेर हजुरआमा बोलाउन आइपुगिन । 
  • ए किस्न अझै बिसोक भएन भन्या रुू यसो उठेर चारैतिर नियाल्दा नसाले छोडेछ ।
  • अलि कम भएजस्तो छ आमै  
  • ल हेर त, भुतै त लाग्या हो रैछ नि १ पन्छाएपछी त छोडेछ ।
  • ए हजुरबाउ चाहिँ, हेर्नोस त निकै सन्चो भईसकेछ ।
  • एकपटक फेरि दोहोर्याईदिनोस त, हजुरआमा फेरि धुप अक्षता खोज्नतिर लागिन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।