हामीसँग जोडिनुहोस

देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक : माओवादी केन्द्रका महासचिव देव गुरुङ

भक्तपुरमा सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ सम्पन्न

2 मिनेट
-रमेश गिरी
भक्तपुर, २८ असार :  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताउनु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रम अन्तर्गत ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ मा बोल्दै उहाँले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन सके देशको हित हुने बताउनु भएको हो ।
महासचिव गुरुङले भन्नुभयो, “देश राष्ट्रिय एकता र सहकार्यबाट अगाडि बढ्नु पर्छ, देश बनाउन राष्ट्रिय सहमकिो बिकल्प छैन, सरकार पनि राष्ट्रिय सहमतिबाटै बन्नु आवश्यक छ, त्यसो हुन नसके देशको बिकास, स्थिरता, स्थायित्व, मुख्य एजेण्डा र असंलग्न परराष्ट्रनीतिमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।”
राष्ट्रिय एकता र सहमतिबाट देश अगाडि बढ्न नसक्दा शक्ति राष्ट्रहरुले हाम्रो देशमा खेल्ने मौका पाएको बताउदै उहाँले राज्य कमजोर पार्ने प्रक्रियाले नेपालको राष्ट्रित अस्मिता अत्यन्तै कमजोर बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देशको राष्ट्रिय राजनीति अस्थिर बनेको छ, एकले अर्कालाई निषेधको राजनीति सुरु भएको छ, विकास र स्वाधिनतामा पनि राष्ट्रिय सहमति बन्न सकेको छैन, मुलुकको राष्ट्रिय अस्मिता रक्षाका लागि राष्ट्रिय सहमतिको नीति लिनु अत्यावश्यक छ ।”
उहाँले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताउदै उहाँले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण शक्ति राष्ट्रको कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले नेपालको स्वाधिनता कमजोर बनेको बताउनु भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता रबिन्द्र ज्याख्वाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आत्मसात गरेको बताउदै बिकासका कार्यलाई दुई देशले द्रुत गतिमा लानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका महत्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गर्दै चीन र दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका राष्ट्रहरूबीच व्यवहारिक समन्वयका लागि अगाडि बढेको बताउनु भयो ।
यस फोरममा पाँच महत्वपूर्ण परियोजना समेटिएको भन्दै उहाँले जसमध्ये सिल्क रोड यात्रा, सिल्क रोड सशक्तीकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा चिनियाँहरुको उक्त टोलीले सहभागिहरुलाई निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण गर्नुका साथै सौर्य उर्जा बत्ति र गरिब परिवारलाई केही खाद्यान्न एवं कृषकहरुलाई कृषि किरा नष्ट गर्ने प्रबिधि एवं औषधि वितरण गरेको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।