हामीसँग जोडिनुहोस

आजदेखि धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म रेल चल्ने

1 मिनेट

असार ३१, काठमाण्डौ ।

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ ।

बिहान १० बजे महोत्तरीको भङ्गहा स्टेशनमा रेल सेवाको उद्घाटन गर्ने तयारी छ । यसअघि गएको २०७८ साल चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुँदै आएको थियो । यो सेवालाई विस्तार गर्दै आजदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको हो।

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म रेल सञ्चालन हुन लागेको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेलवे ट्रयाक गएको जेठ १८ गते भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झालाई हस्तान्तरण गर्नुभएको थियो । अहिलेलाई कुर्थाबाट बिजलपुरासम्म दिनमा एकपटक सेवा दिइने झाले बताउनुभयो ।

कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेलवे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।

मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चलाउने तयारी भएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।