
नगर प्रमुख खत्रीले शिक्षा क्षेत्रमा पछिल्लो समय उल्लेखनीय काम र प्रगति गरेको बताउदै भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आए पछि चाँगुनारायणमा शिक्षा क्षेत्रको विकासमा धेरै राम्रा कामको थालनी गरेका छौं । त्यसका नतिजा हामीले पाउन थालिसकेका छौँ । शिक्षा क्षेत्रमा गर्नु पर्ने बाँकी कामहरु पनि हामी बाँकी कार्यकाल पुरा गर्नेछौँ । चाँगुनारायणलाई शिक्षाको क्षेत्रमा अब्बल र नमूना नगरपालिका बनाउन लागिरहेका छौं।”
दिवा खाजामा सतप्रशितशत अनुदान थप :
नगर प्रमुख खत्रीले विद्यार्थहरुको शैक्षिक गुणस्तरसंगै बालबालिकाको पोषणमा सुधारका लागि सरकारले प्रदान गरेको रकममा सतप्रतिशत रकम थप गरेर खाजा वितरण गरिरहेको बताउनु भयो ।
विद्यार्थीका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ दिदै आएकामा हामीले नगरपालिकाबाट १५ रुपैयाँ थपेर कुल ३० रुपैयाँको दिवा खाजा वितरण गरिरहेको बताउनुभयो । पोषण सुधारका लागि नगरपालिकाले दिवा खाजामा थप योगदान गर्दै आएको बताउदै उहाँले गतवर्षदेखि नै बजेटमै व्यबस्थापन गरे दिवा खाजामा रकमको व्यबस्था गरेर वितरण गरेको बताउनुभयो । यो कार्यलाई चालू आ.ब.मा पनि निरन्तरता दिएको बताउनुभयो ।
सामुदायिक विद्यालय अग्रंजी माध्यमबाट पठनपाठन :
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले चाँगुनारायणमा हाल ३४ वटा सामुदायीक र ४१ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको बताउदै सामुदायीक विद्यालयमा पनि अग्रेजी माध्यमबाट पठनपाठन भईरहेको बताउनुभयो ।
यहाँका सामुदायीक विद्यालयहरूमा झण्डै ७ हजार २५६ जना विद्यार्थी अध्ययनरत रहेकोमा अग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेपछि र दिवा खाजाका कारणले विद्यार्थी संख्यामा बृद्धि भइरहको बताउनुभयो । संस्थागततर्फ ८ हजार २ सय २३ विद्यार्थी रहेको बताउदै उहाँले चाँगुनारायणका विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन थालेपछि यहाँका अभिभावकमा विश्वास बढ्दै गएपछि विद्यार्थी संख्या बढ्दै गएका बताउनुभयो । नगरपालिकाले छात्रबृत्ति, पुरस्कार, खेलाडी स्म्मान गर्दै आएको बताउनुभयो ।
गुणस्तरीय शिक्षाका लागि लगानी बृद्धि :
नगर प्रमुख खत्रीले नगरपालिकालाई गुणस्तरीय शिक्षाको हव बनाउने लक्ष्यका साथ लगानी बृद्धि गरेको बताउनुभयो । सामुदायिक विद्यालयलाई सबैको रोजाइ र भरोसाको केन्द्र बनाउने लक्ष्य अनुसार नगरपालिकाले भौतिक पूर्वाधार, शैक्षिक सामग्री, प्रशासनीक सुधार र शिक्षक समस्याको समाधान गर्दै गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत शिक्षा क्षेत्रमा लगानी बढाउदै गएको बताउदै शिक्षामा अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताउनुभयो ।
उच्च शिक्षा विस्तारका लागि बहुवर्षीय योजना लागू :
कार्यक्रममा नगरप्रमुख खत्रीले अनुसार चाँगुनारायणले विद्यालयस्तरमा मात्रै नभई नगरभित्र सञ्चालित कलेजहरुको शैक्षिक विकासमा पनि टेवा दिइरहेको बताउनुभयो । उहाँले नगरभित्र सञ्चालित तीन वटा कलेजहरु मध्ये सामुदायिक कलेजतर्फ श्रीकृष्ण बहुमुखी क्याम्पस र संस्थागततर्फ नेपाल इन्जिनियरिङ कलेज एवं काठमाडौं मेडिकल कलेज रहेको बताउनुभयो ।
यहाका विद्यार्थीलाई उच्च शिक्षाका लागि टाढा जान नपरास र आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा अध्ययन गर्न टेवा दिने उदेश्यले नगरपालिकाले श्रीकृष्ण क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन तयार गरि बहुवर्षीय योजना लागू गर्ने तयारी गरेको बताउनुभयो । उहाँल बहुवर्षीय योजना अनुसार क्याम्पसलाई सञ्चालनमा ल्याउने, छात्रबृत्तिको व्यस्था गर्ने उहाँले बताउनुभयो ।
एक वडा, एक सिकाइ केन्द्र :
नगर प्रमुख खत्रीले नगरपालिकाले प्रत्येक वडामा एक सिकाई केन्द्रको अबधारण अगाडि बढाएको बताउनु भयो । उहाँले “एक वडा, एक सिकाइ केन्द्र” भन्ने नाराका साथ सिकाइ केन्द्र स्थापना, विद्यालयमा ई–पुस्तकालय स्थापना र स्काउट कार्यक्रमको विस्तार समेत भइरहेको बताउनुभयो ।
नगरपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरिरहेको उहाँले बताउनुभयो । उहाँले स्थानीय ज्ञान, सीप र नैतिक शिक्षालाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरि विद्यालयहरूमा लागू गर्ने योजना अगाडि बढाइएको बताउनुभयो ।
नतिजामा सुधार :
चाँगुनारायण नगरपालिकाले शिक्षामा लगानी बढाउँदै शैक्षिक गणस्तरमा ध्यान दिन थाले पछि नतिजामा पनि विगतका वर्षहरुको तुलनामा निकै सुधार आएको बताउनुभयो ।
उहाँले सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयलमा अध्ययनरत सामान्य परिवारकी गोमा श्रेष्ठले यसवर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा सवोत्कृष्ठ चार जिपीए ल्याएरको बताउदै एसईईमा यसवर्ष समग्रमा नतिजामा राम्रो सुधार भएको र तल्लो तहबाटै सुधार हुदै आएको बताउनुभयो । आगामी वर्षहरुमा गुणस्तरीय शिक्षामा बृद्धि र नतिजामा प्रगति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
छात्रवृत्ति, सेनिटरी प्याड र प्रोत्साहन :
कार्यक्रममा नगर प्रमुख खत्रीले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति पैदान गर्दै आइरहको बताउनुभयो । उहाँले शिक्षा आर्जनबाट कोही पनि बञ्चित हुन नपरोस भनेर व्यबस्था गर्दै आएको बताउदै छात्राहरूका लागि गुणस्तरीय सेनिटरी प्याडको व्यबस्था नगरपालिकाले गरेको बताउनुभो । उहाँले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम निरन्तरता दिदै प्रोत्साहन दिदै आएको बताउनुभयो ।
अतिरिक्त क्रियाकलपमा जोड :
कार्यक्रममा नगर प्रमुख खत्रीले विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिएर पुग्दैन भन्दै व्यबहारिक शिक्षा र अतिरिक्त क्रियाकलापमा समेत सहभागिता गराउदै आएको बताउनु भयो । उहाँले विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक, मनोवैज्ञानिक र अतिरिक्त क्रियाकलापमा सहभागि गराउदै पुरस्कारको व्यबस्था गर्दै आएको बताउनु भयो । उहाँले विद्यार्थीलाई स्काउट, खेलकुद र अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य, नृत्य कला, वक्तित्वकलालगायतका क्रियाकलापमा सहभागिता गराउदै आएको बताउनुभयो ।
शैक्षिक परिवर्तनका लागि निजी क्षेत्रसंगको समन्वय आवश्यक :
नगर प्रमुख खत्रीले शिक्षा क्षेत्रको विकास र गुणस्तर बृद्धिमा निजी क्षेत्रको लगानी, सहयोग र समन्वयको आवश्यक रहेको बताउनु भयो । सामुदायीक विद्यालय र सस्थागत विद्यालयबीचको सम्बन्धलाई सहयोगात्मक भूमिकाका रुपमा लैजानु आवश्यक रहेको बताउदै संस्थागत विद्यालयले सामुदायीक विद्यालयको शैक्षिक उन्नयनमा साथ दिनु पर्ने बताउनुभयो ।
उहाँले चाँगुनारायणका ऐतिहासिक, सांँस्कृतिक र पुरातात्विक सम्पदा र पयटकीय क्षेत्रको अध्ययन अवलोकनमार्फत विद्यार्थीहरूलाई ज्ञान दिन पर्ने बताउनुभयो । उहाँले नगरपालिकाले यहाँको शैक्षिक विकासका लागि गरेको थुप्रै कामहरुको सफलतापूर्वक कार्यान्वयन गर्न सबैको साथ, सहयोग र समर्थन रहेमा शिक्षाको गुणस्तर बृद्धिमा आमूल परिवतन गर्न सक्ने बताउनुभयो ।