
हेटौँडा, ३० साउन । वागमति प्रदेश सभाका सदस्य एवं भक्तपुरको चाँगुनारायण निवासी सुरेश श्रेष्ठ वागमती प्रदेशको पर्यटन मन्त्रीमा नियुक्त हुनु भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा मध्ये मन्त्री हुनु हुनेहरुको नाम छनोट गरि नियुक्त गर्नु भएको हो ।
काँग्रेसबाट मन्त्रीका लागि कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् । उनीहरूको शपथ आज चार बजे हुने वागमति प्रदेश सभाले जानकारी दिएको छ ।
स्रोतका अनुसार श्रेष्ठलाई पर्यटन मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालय, वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला मन्त्रालय, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विनाविभागीय रहेका शिवराज अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको श्रोतले बताएको छ ।
यद्यपी सपथ ग्रहण अगाडि कही मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन् ।