
==============================================
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा अष्ट कवेँलाई पुन निर्वाचित गरेको गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा तेज डंगोल, सचिब उज्वल श्रेष्ठलगायत ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
==============================================
भक्तपुर, १ भदौ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानी बढाउनु पर्ने बताउनु भएको छ ।
आज मध्यपुरथिमिमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिबेशनका उद्घाटन गर्दै उहाँले खेलकुदको विकासले राज्यको विकास विश्वमा राज्यको नाम उच्च राख्न सक्ने बताउनुभयो ।

नेपाल लाकतान्त्रिक संघ महाधिवेशन निर्देशकसमेत रहनु भएका बस्नेतले खेलकुदको विकासले राज्यको समग्र वकासमा टवा पुग्ने भन्दै खेलकुदालाई तीन तहकै सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्ने औल्याउनु भयो ।
लोकतान्त्रिक खेलकुद संघलाई जिल्ला, प्रदेश तहस्म्म बिस्तार गर्दै ७७ वटै जिल्लामा पुर्याउनु पर्ने औल्याउँदै उहाँले देश विदेशमा प्रतिस्पर्धा गरेर देशका लागि पदक जित्न सक्ने खेलाडी उत्पादनमा संघ लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरमा खेलकदको विकास तिब्र गतिमा भइरहेको बताउदै लोकतान्त्रिक खेलकुद संघ अझै सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।

नेपाली काँग्रेस खेलकुद विभागका प्रमुख उमेशजंग रायमाझीले खेलकुदलाई सामान्य रुपमा लिएर खेलकद र खेलाडीको विकास नहुने भन्दै उहाँले खेलमा आउने युवा पुस्ताले पनि खेललाई सामान्य रुपाम लिन नहुने बताउनुभयो ।

खेलकुदको विकासका लागि राज्यले स्पष्ट नीति लिएर अगाडि बढ्नु पर्ने बताउदै खेलाडीले पनि आफ्नो लागि भन्दा पनि देशको लागि खेल्छु भन्ने प्रण गरेर अगाडि बढ्नु पने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं संघका अध्यक्ष अष्ट कवेँले धनी गरिब, जातजाति कुनै पनि क्षेत्रमा विभेद नगरी सबैको समान सहभागिता रहने खेलकुद क्षेत्रमात्रै रहेको र यस क्षेत्रमा सबै नागरिकलाई अट्न सक्ने बताउनुभयो ।

उहाँले भारत र चीन जस्तो शक्ति राष्ट्रहरुको बीचमा रहेको नेपालले यी विश्वभरका शक्ति राष्ट्रलाई पराजित गर्न सक्ने क्षेत्र भनेको खेलकुद मात्रै रहेकाले खेलकुदको विकासमा सबैको सहयोग र चासो रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकका प्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर युथ एशोसिसनका संस्थापक अध्यक्ष एवं राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, काँग्रेस मध्यपुर नगर समिति सभापति हरिदास प्रजापतिलगातले मध्यपुरमा खेलकुदको विकासमा फड्को मारेको चर्चा गर्दै तीन तहकै सरकारको सहयोग र समन्वयम खेलकुदको बिकासमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आट्र्स प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्ने खेलाडी तथा रेफ्रीलाई नगद सहित सम्मान गरिएको थियो ।

संघको अध्यक्षमा पुनः अष्ट कवें :
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा अष्ट कवेँलाई पुन निर्वाचित गरेको गरेको छ । अधिवेशनले संघको
उपाध्यक्षमा तेज डंगोल, सचिब उज्वल श्रेष्ठलगायत कार्यसमिति चयन गरेको छ ।
