




डाक्टर श्रेष्ठले भन्नुभयो, “मरणोपरान्त अंगदानको सामाजिक अभियानमा हामी सबै जुटौँ ।” मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला दुईजनालाई दिन सकिने उनले बताए । उहाँले एक व्यक्तिबाट मुटु एकजनालाई, सानो आन्द्रा एकजनालाई, प्याङ्क्रियाज एकजनालाई, कलेजो एकजनालाई र फोक्सो दुईजनालाई दिन सकिन्छ भन्नुभयो।

कुनै पनि मानिसको मृत्यु भएको छ कि छैन भनेर थाहा पाउने पहिलो आधार मध्ये मस्तिष्क मृत्यु एक भएको उहाँले बताउनुभयो । “मस्तिष्क मृत्यु भएको व्यक्तिलाई वैज्ञानिक र कानुनी दुवै रूपमा मृत्यु भएको मानिन्छ,” उहाँले भन्नुभयो, “तर, मस्तिष्क मृत्यु भइसकेको अवस्थामा पनि मानव शरीरका अन्य महत्वपूर्ण अंगहरू भने सक्रिय भइरहेको हुनसक्छ ।”

यस्तो अवस्थामा मृत व्यक्तिको अंग अरु बिरामीलाई प्रदान गर्न सकिने उनको भनाइ छ । “तर, त्यसको लागि मृत व्यक्तिले आफ्नो मृत्युपूर्व नै सरकारद्वारा स्वीकृत निकायमा कानुन बमोजिम अंगदानको अनुमति दिएको हुनुपर्छ, उहाँले भन्नुभयो।”
मृत व्यक्तिको आफन्तले सम्बन्धित निकायसँगको सहकार्यमा अंगदान गर्नसक्ने पनि उहाँले बताउनुभयो । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ ले अंगदान तथा प्रत्यारोपणलाई कानुनी रूपमै वैधानिकता दिएको छ । केन्द्रका निर्देशक श्रेष्ठका अनुसार हाल बर्सेनि आठ हजार अंग खेर गइरहेको छ । हाल सरकारले सातै प्रदेश अंग प्रत्यारोपण केन्द्र बनाएर सेवा सुरु गर्ने तयारी गरेको छ ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






