हामीसँग जोडिनुहोस

एनआरएनए माल्टाको अधिवेशन भब्य, अर्याल नेतृत्वमा निर्वाचन समिति गठन

1 मिनेट

काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनए केन्द्रीय समितिका उपाध्यक्ष राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको विशेष अतिथि युरोप संयोजक सन्तोष कुमार भट्टराई र आइसीसी सदस्य राजु अर्याल बाबुले महाधिवेशनको भब्य आयोजनाका लागि आयोजकलाई धन्यवाद दिए । एनआरएनए माल्टा अध्यक्ष भुवन अर्यालको अध्यक्षतामा सम्पन्न महाधिवेशनको सञ्चालन महासचिव रोशन गिरीले गरेका थिए ।

महाधिवेशनको बन्द शत्रमा महासचिव गिरीले पेश गरेको प्रगति विवरण र कोषाध्यक्ष मनोज उपाध्याय र सहकोषाध्यक्ष विजय परियारले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भयो । महाधिवेशन भब्यतापुर्वक सम्पन्न गर्न साथ सहयोग गर्ने माल्टास्थित विभिन्न नेपाली संघ संस्था र माल्टाबासी नेपालीप्रति अध्यक्ष अर्यालले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

आफ्नो कार्यकाल सफल बनाउन माल्टामा रहेका सबै संघ संस्था र नेपालीको महत्वपुर्ण भुमिका रहेको अध्यक्ष अर्यालले बताए । कार्यकाल अवधिमा माल्टावासी नेपालीको हितमा काम गरिएको बताउँदै अध्यक्ष अर्यालले सबैको साझा संस्था एनआरएनए माल्टालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन आफु लागिपर्ने बताए ।

महाधिवेशनले आइसीसी सदस्य एवं माल्टाका पूर्व अध्यक्ष राजु अर्यालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा हरिप्रकाश विश्वकर्मा, ललित पाण्डे, आकास गुरुङ, उज्ज्वल केसी, कमल पोख्रेल र अमर रावल सदस्य छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।