हामीसँग जोडिनुहोस

एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेल भारतसँग खेल्दै

3 मिनेट

०१ साउन,काठमाडौँ ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दिवा—रात्रि हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स ९यूएई० को ‘ए’ टोलीलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा सञ्चालन भइरहेको छ । जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र यूएईको ‘ए’ टोली रहेका छन् ।समूह ‘ए’ मा भने श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । अफगानिस्तान आफ्नो दुवै खेल जित्दै चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

अफगानिस्तानले पहिलो खेलमा ओमानलाई ७२ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ११ रनले हराएको थियो । बंगलादेश एक जित र एक हारबाट दुई अङ्क बटुलेर तालिकाको दोस्रो स्थानमा छ ।

श्रीलङ्कासँग ४८ रनले पराजित भएको बंगलादेशले दोस्रो खेलमा ओमानलाई आठ विकेटले हराएको थियो । एक जित र एक हारबाट दुई अङ्क जोडेको श्रीलङ्का तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित भएको ओमान चौथो स्थानमा छ ।

समूह ‘बी’ मा भने चारवटै टोलीले एक—एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत पहिलो, समान अङ्क भएको पाकिस्तान दोस्रो, खाता खोल्न नसकेको नेपाल तेस्रो र यूएई चौथो स्थानमा आसीन छन् । सोमबार नै पाकिस्तान र यूएईबीच खेल हुनेछ । उक्त खेल विहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, अर्जुन साउद ९विकेटकिपर०, कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

भारतीय टोली भने यश ढुलको कप्तानीमा मैदानमा ओर्लने छ । यूएईविरुद्धको पहिलो खेलमा यशले अविजित एक सय आठ रन बनाएका थिए । उनले ८४ बलमा एक छक्का र २० वटा चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा भारतका निकिन जोसले अविजित ४१ रनको योगदान गरेका थिए ।

यसका अतिरिक्त साई सुदर्शन, अभिषेक शर्मा, रियान पराग, निशान्त सिन्धु, हर्षित राणा, आकाश सिंह, नितिशकुमार रेड्डी, मानव सुथार, ध्रुव जुरेललगायतका खेलाडी पनि भारतीय टोलीमा छन् । भारतको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएको थिएन ।

इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले हालसम्म दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक एउटै प्रतिद्वन्द्वी हङ्कङलाई हराएको थियो । यसपटक नेपालले यो प्रतियोगितालाई आगामी एसिया कपको तयारीका रूपमा लिएको छ । आगामी एसिया कप पाकिस्तान र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।