हामीसँग जोडिनुहोस

फिफा महिला विश्वकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

1 मिनेट

साउन ४, काठमाण्डौ ।

फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ुएु को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन् । खेल इडेन पार्कमा नेपाली समय अनुसार बेलुका ५ बजे हुनेछ ।

यस्तै, आजै समूह ुबीु मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समय अनुसार राति ८ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेटस् साउन ४, २०८०
बम

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।