हामीसँग जोडिनुहोस

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी,केन्द्रीय सदस्यहरुले धारणा राख्ने

1 मिनेट

साउन ४,काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्।

बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका हुन्। बैठक आज बिहान ११ बजे सुरु हुनेछ र प्रत्येक बोल्ने सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ। सामाजिक सञ्जालमा बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ।

हिजो बोल्ने नेताहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका छन्। अधिकांश सदस्यहरुले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे। केही नेताले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत बचाउ गरेका छन्।

बैठकमा सातै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे। जिम्मेवारीविहीन बनाउनुको साटो प्रदेश संरचना खारेज नै गर्न उनीहरुले चुनौती दिए। पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको उल्लेख गर्दै उनीहरुले प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने धारणा राखे।

यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो। केही केन्द्रीय सदस्यहरुले भने भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका थिए।

बैठकमा सहमहामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृसंस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायतका विषय औंल्याएका थिए।

महामन्त्री गगन थापाले मंगलबार पेस गरेको कार्ययोजनामा आगामी एक वर्ष पार्टीमा सदस्यता अभियान चलाउने र पाँचदेखि सात लाखसम्म सदस्य थप्ने, पार्टीका विभागलाई ४८ बाट ७० पुर्याउने प्रस्ताव गरिएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।