हामीसँग जोडिनुहोस

‘अरुण थापा स्मृति साँंझ–२०८०’ सम्पन्न, गुञ्जियो कालजयी गीतहरु

4 मिनेट
-रमेश गिरी

भक्तपुर, ६ साउन ।

‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,
टोलाई रहन्छु आकाशमा रातको तारा गनेर
सजाई रहन्छु, सपनाहरु, ऋदयभरी उमंगीएर
तर तिमीले बिर्सिदियौ चोखो मिलन, मायाका कथाहरु ………।’

अजर अमर कालजयी गीत गाउँने बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भक्तपुरको पलासेँस्थित काठमार्डौ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्वर्गीय अरुण थापामा चर्चित गीतहरु नयाँ स्वरमा गुञ्जिदा दर्शनदीर्घा नतमस्तक बन्यो ।

भक्तपुरलाई गीत, संगीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेण्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४ औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति साँझमा थापाका ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध…….।’ जस्ता कालजयी गीतहरु गुञ्जिदा, गायक अरुण थापा आजपनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभाष भयो ।

कार्यक्रममा युवा गायक प्रनिल पलिखेलले गाएको यो गीतसँगै गायक अजर जंगमले ‘जति माया लाए पनि, जति कसम खाएपनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, गायिका सानुमाया धौभडेलले ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँ भुलुँ लाग्यो मलाई’ बोलको गीत गाउँदै स्व. थापालाई सम्झिनुभयो ।

आधनिक नेपाली सुगम संगीतका थोरै गीत गाएर पनि अजर अमर बन्न सफल गायक स्व. थापालाई सम्झदै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ति, सुनिल लोहलालगायतले उदयमान गायक गायिकाले स्वर्गीय थापाका चर्चित गीतहरु गाउँदा दर्शकदिर्घा समय गएको पत्तै भएन ।

त्यस अवसरमा वरिष्ठ गीतकार एवम् साहित्यकार सुवाषचन्द्र ढुंगेलले गायक अरूण थापा स्मृति दिवस विगत १२ वर्ष अगाडिबाटै आफु र चलचित्र समिक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको स्मरण गर्नुभयो ।

गीतकार ढुंगेलले गायक थापासँग जोडिएको आफ्नो सांगीतिक यात्राको पनि स्मरण गर्दै यसवर्ष पनि गायक कपिल कसपालले स्वर्गीय थापाको स्मृति दिवसमा कार्यक्रमको आयोजना गरेर गायक थापाको गीतसंगीतको योगदानलाई जिवन्त राख्न प्रेरणा दिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा गीतकार, साहित्यकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र सांगीतिक योगदानको संक्षिप्त चर्चा गर्नुभएको थियो भने काठमाडौं फन भ्यालीका डा. गोविन्द नेपालीले काठमाण्डौं फन भ्यालीले हरेक दिनको सुरूवात गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर उहाँको सांगीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताउनुभयो ।

निःशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रममा नेपाली सुगम संगीतलाई जिवन्त राखी नयाँ पुस्तामा गीत संगीतलाई पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवम् कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताउनुभयो ।

अरुण थापाका चर्चित गीतहरु :

वि. सं. २००९ मा जन्मनु भएका गायक थापाका सर्वोत्कृष्ठ गीतहरु मध्ये सन् २००३ मा बीबीसी विश्व सेवाले गरेको सर्भेक्षणमा उहाँको गीत ‘ऋतुहरूमा तिमी…’ उत्कृष्ट सातौँमा परेपछि उहाँको चर्चा विश्वमै चुलियो । उहाँले जीवनको छोटो समयमा पनि अत्याधिक चर्चामा रहेका कालजयी गीतहरु गाउँनु भयो ।

उहाँका ‘जति माया लाए पनि’, ‘साझको जुनसँगै’, ‘भुलु भुलु लाग्यो मलाई’, ‘बितेका मेरा तिता मिठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरु सँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोशी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका का यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मन को के भर हुन्छ’ जस्ता मुटु रेटेर गाएको आभाष हुने कालजयी गीतहरु छाडेर उहाँले नेपाली गीत, संगीतलाई ठूलो गुण लगाउनु भएको छ ।

२०५६ सालको श्रावण ५ गते काठमाडौं बागबजारको कान्तिपुर गेष्ट हाउसको एउटा कोठामा अन्तिम सास फर्नु भएको गायक थापाको छोटो जीवनमा मगर भाषाको एउटा गीतसहितकरिब ४४ वटा गीत गाउानु भएको छ । उहाँले गाएको गीतहरुको संगालो ’अरुण’ र ’बेस्ट अफ अरुण थापा’ नामक दुईवटा गीति एल्बम सार्वजनिक भएका छन् ।

’अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग संकलन गरि निर्माण गरेको उहाँको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउाको नाम अरुण थापा चोकले नामाकरण भएपछि आज पनि त्यही चोकमा उहााको सालिक देख्न सकिन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।