हामीसँग जोडिनुहोस

नापी कार्यालय चाबहिलका नापी अधिकृत पुरीविरुद्ध एक करोड भन्दा धेरै भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता

1 मिनेट

साउन १४, काठमाण्डौ ।

नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीमाथि परेको उजुरी छानबिन गर्दा उनीसँग रहेको दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्तिमध्ये एक करोड २० लाख ७७ सय ७४८ रुपैयाँको मात्रै वैधानिक स्रोत देखिएको जनाएको छ । स्रोत नदेखिएको एक करोड चार लाख तीन हजार रुपैयाँलाई बिगो कायम गरी आज आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

पुरीको असार मसान्तसम्मको पारिश्रमिक बचत, बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बीमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा रकमबाट प्राप्त आम्दानीको वैध स्रोत नखुलेकाले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दाहालले बताउनुभयो । पुरीको सम्पत्ति उनकी पत्नी सिर्जनाको नाममा देखिएकाले सम्पत्ति जफत गर्न उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

पुरी २०५२ साल पुस ९ गते मा सरकारी सेवामा प्रवेश गरेका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।