हामीसँग जोडिनुहोस

भक्तपुरलाई सडक मानव मुक्त बनाउने साताव्यापी अभियान सुरु

3 मिनेट
भक्तपुर, १४ साउन : भक्तपुर जिल्लालाई सडक मानवमुक्त बनाउने अभियान सुरु गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा भक्तपुर जिल्लालाई सडक मानव मुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु भएको हो ।
साताव्यापी अभियानमा जिल्लाको भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, पाटी, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अबस्थमा रहेका परिवार एवं घरबार बिहिन, अनाथ, असाह्य मानवको उद्धार गरि आश्रममा आश्रय दिने र भक्तपुर जिल्लालाई सडक मानव मुक्त बनाउने गरि अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
अभियान अन्तर्गत पहिलो दिन हिजो शनिवार राती पाँचतले मन्दिर क्षेत्रबाट सुरु गरिएको सडक मानव उद्धारमा एक महिला र चार पुरुषसहित पाँच जनाको उद्धार गरिएको जानकारी दिदै अभियन्ता नवराज काफ्लेले तीन जनालाई आफ्नो आम सेवा घरमाम र दुई जनालाई मानव आश्रम सेवा घरमा राखिएको जानकारी दिनुभयो ।
उद्धार गरिएकाहरुको परिवार हुनेहरुको परिवारसँग पुर्नमिलन गराउने र नहुनेहरुलाई जिल्लामा सञ्चालित बिभिन्न आश्रममा आश्रय दिइने उहाँले जानकारी दिनुभयो । अभियानमा अभियन्ता नरेश रञ्जितले भक्तपुर नगरपालिकाबाट सुरु गरिएको अभियान आउँदो १९ गते रातीसम्म चारवटै नगर क्षेत्रमा सडक मानवको खोजी एवं उद्धार कार्य जारी राख्ने बताउनुभयो ।
उहाँले पाटीमा बस्ने सबै सडक मानव सडक मानव नभएको हिजोको उद्धारमा पाईएको बताउदै मठ मन्दिर र पाटीमा बस्ने धेरै जस्तो दिनभर प्लाष्टिक र कवाडी टिप्ने र राती कोठा भाडा तिर्न नपरोस भनेर पाटीमा सुत्ने गरेको पाईउको बताउनु भयो ।
कतिपयले कोठा भाडामा लिएको तर कोठामा नगई पाटी र मठमन्दिरमा बस्ने गरेको पाईएको बताउदै उहाँले त्यस्ता व्यक्तिलाई अबदेखि मन्दिर, पाटीमा नबसी कोठामै गएर बस्न भनिएको उहाँले बताउनुभयो । सडक मानव मुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउदै उहाँले सडक मानव आफ्नो टोलमा भए खबर गर्न समेत आव्हान गर्नुभयो ।
केहिदिन अगाडि जिल्ला समन्वय समिति भक्तपुरको आयोजनामा सडक मानव मुक्त बनाउने अभियानकाबारेमा भएको सरोकारवालाहरुबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुरमा स्थापना भएका आश्रमहरुले यो अभियान सञ्चालन गर्दै सडक मानव मुक्त बनाउन निर्देशन दिनु भएको थियो ।
सडक मानवको उद्धार गर्ने भनेरसंस्था सञ्चालन गर्ने तर पारदर्शी नहुने, सडकमा रहेका मानवको प्रहरीले उद्धार गरेर आश्रममा पठाउदा बिभिन्न बाहना बनाएर आश्रममा राख्न नमान्ने गरेको पाइएको भन्दै उहाँले त्यस्ता कार्य नगर्न संस्थाहरुलाई निर्देशनसमेत दिनु भएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुर, मानव सेवा आश्रम भक्तपुर, मानस सेवा समाज भक्तपुर झौखेल, आफ्नो घर आश्रम नेपाल डोलेश्वर, गैर सरकारी संस्था महासंघ भक्तपुर, तौमढी यूथ क्लब भक्तपुर, पातञ्जल योग समिति नेपाल, वेभ ग्रुप, नगरस्तरीय स्वच्छ हावा प्रबद्र्धन, लायन्स क्लब अफ काठमाडौं, नेपाल रेडक्रस सोसाईटी, प्रात्र आदर्श समाजलगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा सातदिने अभियान सुरु गरेको र पहिलो चरणको अभियान १९ गते राती सम्पन्न गरिने अभियन्ता काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रमकाबारेमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले वागमती प्रदेशलाईनै सडक मानव मुक्त बनाउने सरकारको लक्ष्य रहेको बताउदै प्रदेशमा पहिलो भक्तपुर जिल्लालाई सडक मानव मुक्त जिल्ला बनाउने अभियान सफल पार्न आव्हान गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।