
साउन १९, काठमाण्डौ ।
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा। सीके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवले बताउनुभयो ।
बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ुमिसन–८४ु अभियान अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टीले आज शुक्रवार स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।