हामीसँग जोडिनुहोस

उपराष्ट्रपति रामसहाय प्रसाद यादव साउन ३१ गते चीन भ्रमणमा जाने

1 मिनेट

काठमाडौं, साउन २४।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जाने भएका छन्।

जनवादी गणतन्त्र चीनको कुनमिङ्गमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एशिया एक्स्पो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै जनवादी गणतन्त्र चीनको कुनमिङ्गमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एशिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमणको कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन्।

उपराष्ट्रपति निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।