हामीसँग जोडिनुहोस

पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई व्यवस्थित बनाउन एमालेको पाँच बुँदे मापदण्ड

1 मिनेट

साउन ३२, काठमाण्डौ ।

नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।

एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको त्यस निर्णयबारे अन्तरपार्टी निर्देशन सर्कुलर जारी गरिने पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रमको मञ्चमा पार्टीका अध्यक्षबाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।

यस्तै कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।