हामीसँग जोडिनुहोस

एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा गएका १२ सय ८ नेपालीको मुत्यु

1 मिनेट

काठमाडौं, ३२ साउन।

गएको वर्ष १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९र०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् ।यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ ।कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्याङ्क पनि राख्दैन ।

बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् ।श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधि भित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।

यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ ।

बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका २९ सय ५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।