हामीसँग जोडिनुहोस

पाकिस्तानको पञ्जाबमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

1 मिनेट

एजेन्सी,०३ भदौ।

पाकिस्तानको पञ्जाबमा यात्री बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए।उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो। दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन्।

अघिल्लो साता पञ्जाव प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिएभने तीन हजार एक सय ११ जना घाइते भएका थिए।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।