हामीसँग जोडिनुहोस

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा

2 मिनेट

भक्तपुर, ६ भदौ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा भएको छ ।
यसबारेमा जानकारी दिन संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको तयारीकाबारेमा जानकारी दिदै संगठनका जिल्ला अध्यक्ष रञ्जन खड्काले भक्तपुर जिल्लाको बृहत भेलाको तयारी पुरा भएको बताउनु भएको हो ।

नेकपा एमाले निकट संगठनले भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेको बृहत भेलाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने भएको छ ।

भक्तपुरको चार वटै नगरपालिकामा संगठनको नगर कमिटीलाई पूर्णता दिएको बताउदै उहाँले भन्नुभयो, “भक्तपुरमा राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जुझारु बनेर अगाडि बढेको छ, अहिलेसम्म जिललाका चार वटै नगर कमिटीलाई पूर्णता दिन सफल भएका छाँै , जिल्लामा रहेका ३८ वटा वडा मध्ये २६ वडामा कमिटी गठन गरेर पूर्णता दिएका छौँ, बाँकी वडामा पनि कमिटी गठन गर्ने तयारीमा छौँ, अहिले जिल्ला, प्रदेश र केन्द्रमा गरेर भक्तपुरका ४०६ जना संगठित भएर अगाडि बढिरहनु भएको छ ।”

उहाँले संगठन पार्टी र देशको रक्षाका लागि जनताको हकहितका लागि सधै अगाडि मोर्चामा निडर भएर लाग्ने बताउदै देश र जनताको लागि पार्टीको नीति बमोजिम अगाडि बढ्न आव्हान गर्नुभयो । साथै अध्यक्ष खड्काले बिहिबार कौशल्टारको ह्वाईट पार्टी प्यालेसमा हुने बृहत भेलामा सहभागि हुन सबैमा आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनारले गठनबन्धन सरकारले गर्दै आएको जनबिरोधी कामको भण्डाफोर अभियान चलाउनु पर्ने बताउनु भयो ।

सत्ताका लागि जस्तोसुकै देशघाती सम्झौता गर्न पनि पछि नपरेको वर्तमान गठबन्धन सरकार देश र जनताको लागि घातक भएको भन्दै उहाँले देशमा बढ्दो भ्रष्टाचार, अनियमितता, देशघाती कदम रोक्न संंगठनले खबरदारी अभियान चलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं पुर्व जर्नेल बिनोद पाण्डेले भूतपूर्व सैनिक प्रहरीलाई देशप्रति ठूलो चिन्ता रहेको बताउदै देशको रक्षाका लागि, सुरक्षाका लागि, बिकासका लागि र शान्तिका लागि सधै अगाडि रहने बताउनु भयो । देशलाई एकताबद्ध बनाएर संगठन सक्रिय रहेको भन्दै उहाँले पार्टीको नीति, नियम, सिद्धान्तलाई अंगिकार गर्दै अगाडि बढ्ने बताउनुभयो ।

बृहत भेलामा पार्टी अध्यक्ष ओली, एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री, युवा नेता महेश बस्नेत, संगठनका इन्चार्ज यज्ञराज सुनुवार, संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डे, जिल्ला अध्यक्ष रञ्जन खड्काले संगठनकाबारेमा बोल्ने कार्यक्रम तय भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।