हामीसँग जोडिनुहोस

कोशी प्रदेशमा अब एमालेको सरकार बन्छ : ओली

1 मिनेट

मोरङ, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन कोशी प्रदेशमा सरकारलाई अस्थिर बनाउने खेलमा लागेको आरोप लगाएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रचण्डले बनाएको मोर्चाका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे।

‘प्रचण्डको नेतृत्वमा एउटा मोर्चा बनेको छ। त्यो मोर्चाको क्रियाकलाप यसमा बढी देखिन्छ। मोर्चाले एकातिर कोशी प्रदेशमा भोट हाल्छ। त्यसपछि बाहिर निस्केर नारा जुलुस गर्छ। ढुंगामुढा गर्छ, तोडफोड गर्छ। यसमा प्रचण्ड र माधव नेपालको पार्टी बढी छन्, त्यसमा जसपा पनि होला। त्यसकारण यो सत्ता संरक्षित क्रियाकलाप हो। जुन दुःखद् कुरा हो,’ उनले भने।

सत्ता गठबन्धन र माओवादीले मुलुकमा सद्भाव बिथोल्ने क्रियाकलाप गरिरहेको उनको भनाइ थियो।

उनले भने, ‘धार्मिक मात्र होइन, साम्प्रदायिक सद्भाव बिथाल्ने, द्वन्द्व बढाउने त्यसप्रकारको प्रयास भइरहेको छ। जसले मुलुकमा अस्थिरताको परिस्थिति निर्माण होस्, त्यस्तो प्रयास भइरहेको छ। त्यसको काम सत्ता गठबन्धनले गरेको छ।’

सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मत संविधान विपरीत भएको ठहर गरेको सन्दर्भमा ओलीले सत्ता गठबन्धनका कारण अहिलेको अवस्था आएको बताए।

उनले भने, ‘यहाँ सरकार बन्थ्यो, बनेको थियो। यो त गठबन्धनको दुर्बुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले यो अस्थिरता आएको हो।’

अब कोशीमा एमालेको सरकार बन्ने उनले दाबी गरे। उनले भने, ‘कोशी प्रदेशमा एमालेको सरकार बन्छ। एमालेको सरकार चल्छ। एमालेले सरकार मजाले चलाउँछ। सरकार बनाउन ४७ मात्र नभएर ५० भन्दा माथि जान्छ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।