हामीसँग जोडिनुहोस

सुन तस्करीबारे सूचना माग्दै सिआईबी

1 मिनेट

काठमाडौं , ८ भदौ। ६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

ब्यूरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।

सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सांसद् रवि लामिछाने लगायतले सार्वजनिक रुपमा बताइरहेका बेला सीआईबीले कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको हो ।

‘एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रुपमा ब्यूरोले अनुसन्धान गरिरहेको व्यहोरा सर्वविदितै छ’, सीआईबीका सूचना अधिकारी नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि विभिन्न मितिमा भएका सुन तस्करीका सम्बन्धमा समेत ब्यूरोबाट अनुसन्धान भइरहेको छ ।’

त्यसबारे कुनै महत्वपूर्ण सूचना भए कार्यालयमा प्रत्यक्ष रुपमा आएर समेत उपलब्ध गराउन सकिने भनिएको छ ।

‘यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने सबैमा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य, तथ्यमा पुग्ने हुँदा त्यसमा सकरात्मक सहयोगको अपेक्षा गरेका छौं ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।