हामीसँग जोडिनुहोस

राती जगातीमा दुर्घटना एकको मृत्यु, दुई घाइते

1 मिनेट

भक्तपुर, २२ भदौ । अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८, जगातीको आदर्श बसस्टप नजिकै अहिले राती ८ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छभने दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नबिना काफ्ले घिमिरेको घट्नास्थलमै मृत्यु भएको छ ।
आज राती जगातीबाट सूर्यविनायक तर्फ जादै गरेको बागमती प्रदेश–०२–०२३ प. २८५९ नं को मोटरसाइकल र सूर्यीवनायकबाट जगातीतर्फ जादै गरेकोे प्रदेश नं ३–०२–००२ प. ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर प्रदेश नं ३–०२–००२ प. ६९३ न को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जागाती तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २४११ नं को मालबाहक टेलर गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

घट्नामा मोटरसाइकल पछाडि सवार घिमिरेको मृत्यु भएको र मृतकको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा लगिएइको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे र अकौ मोटरसाइकल चालक ओखलढुङ्गा.सुनकोशी गाउँपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका नलिन्चोक बस्ने प्रहरी जवान ३२ वर्षीय हिरा बडालको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको तीनवटै सवारी साधन र मालबाहक टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज महानगरपालिका–२ बस्ने २५ वर्षीय हासिब हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।–––

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।