हामीसँग जोडिनुहोस

असोज ७ गते आइतबार भक्तपुर आउदै पूर्वराजा ज्ञानेन्द्र

2 मिनेट

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्न र भेट्न चाहने नागरिक धेरै छन् । पूर्वराजासँग भेट्न चाहने नागरिकको चाहना पुरा गर्ने अवसर असोज ७ गते आइतबार भक्तपुरमा जुट्ने भएकोृ छ । असोज ७ गते भक्तपुर दरवार स्क्वायरमास्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न पूर्व राजा ज्ञानेन्द्र शाह आउने हुनु भएको छ ।

पूर्वराजाको धार्मिक यात्राका रुपमा रहेको यो यात्रालाई उल्लासमय र भव्य बनाइने भएको छ । उहाँको स्वागतका लागि दरबारस्क्वायको गेटबाटै नेपाली नागरिकहरु लामबद्ध भएर पुष्पगुच्छा अर्पण गर्ने गरि तयारी पुरा भएको इतिहास एवं संस्कृतिकर्मी तथा समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा स्वागत समारोह समिति गठन गरिएको छ ।

शनिवार रफत सञ्चार क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिदै समितिका संयोजक धौभडेलले पूर्वराजा यही असोज ७ गते भक्तपुर सवारी हुने जानकारी दिँनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको बताउनुभयो ।

संयोजक धौभडेलले भने, “विश्व राजनीति एवं वर्तमान नेपालको राजनीति र भौगोलिक अवस्थालाई ध्यान दिँदै “राजा सबैको साझा” भन्ने भावनालाई मूर्तरूप दिन भक्तपुर भ्रमण कोशेढुंगा सावित हुनेछ । पूर्वराजाको ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको भ्रमण वर्तमान परिस्थितिमा राजसंस्थाको महत्व र आवश्यकतालाई अझै उजागर हुँदै गएको उल्लेख छ ।” उहाँले भक्तपुर भ्रमण पछि सल्लाघारीस्थित ग्रिन्ल्याण्ड होटलमा जनताहरुसँग पूर्वा राजा ज्ञानेन्द्रले साक्षतात्कार गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव रामेश्वर थापाले यो कुनै राजनीतिक र कुनै पार्टी वा दलको आमन्त्रणमा नभई धार्मिक भ्रमणको रुपमा पूर्व राजाको सवारी हुन लागेको बतायनुभयो ।

उहाँले तलेजुको दर्शन पछि टौमढीसम्म हिडेरै जाने र तयहा भैरबको दर्शन गरे पछि जनतासँग साक्षातकार गर्ने बताउनुभयो । उहाँले जनताको मनमा अहिले पनि राजा छन्, राजा रहनेछन्, भन्दै विश्वको एक मात्र हिन्दु राष्ट्र कायम गर्न लागिरहने बताउनु भयो । उहाँले पूर्व राजाको स्वागतमा नेपालको झण्डा बोकेर सहभागि हुन आव्हान समेत गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।