काठमाडौं, २२ असोज । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो ।
इजरायलमा १० नेपालीको मृत्यु भएको घटनामा राष्ट्रपतिदेखि पूर्वराजा लगायत विभिन्न दलका नेताले चिन्ता र चासो प्रकट गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरुले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।”
काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् ।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन । भोलि सार्वजनिक बिदा होइन राष्ट्रिय शोक मात्र घोषणा गरिएको हो,” उनले भने, “सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हो ।”