हामीसँग जोडिनुहोस

नयाँ आविष्कारहरू मानव जगतको हितको लागि मात्र नभई संम्हारका कारक बन्दैछ : नारायणमान बिजुक्छेँ

2 मिनेट
भक्तपुर, २४ असोज ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सूचना तथा प्रविधिका नयाँ नयाँ आविष्कारहरू मानव जगतको हितको लागि मात्र नभई संम्हारका कारकको रूपमा पनि प्रयोग बढ्दै गएको बताउनु भएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आजबाट सुरु भएको तीनदिने “कम्प्यूटर, विद्युत, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३” को उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
बिजुक्छेँले भन्नुभयो, “सूचना तथा प्रविधिका नयाँ नयाँ आविष्कारहरू विस्मयकारी र मानव जातिको बौद्धिक शक्तिको उदाहरण भए पनि सबै आविष्कारहरू मानव जगतको हितको लागि मात्र नभई सम्हारका कारकको रूपमा पनि प्रयोग बढ्दै गएको छ ।”
उहाँले मानव जातीको कृत्रिम बौदिकताले बढ्दै गरेको चमत्कारिक सम्भावित सफलताको नकारात्मक परिणामहरूबारे सधैँ चिन्तनमनन गर्न आवश्यक रहेको भन्दै बिजक्छेँले आधुनिक अविष्कार, कम्प्युटर, विद्युतीय स्वचालित सामान र सूचना प्रविधिको निम्ति गरिने छलफल कृत्रिम बौद्धिकताबाट हुने सकारात्मक एवं नकारात्मक परिणामतर्फ पनि केन्द्रित हुनु आवश्यक भएको बताउनुभयो ।
उहाँले कृत्रिम बौद्धिकताबाट निम्तिने नकारात्मक परिणामलाई नियन्त्रण वा निस्तेज पार्ने विषयहरूमा समेत सम्मेलनमा सहभागीहरूको चासो लिदै छलफल गर्नु पर्ने उहाँको भनाइ थियो ।
इन्टरनेट, कम्प्युटर, विद्युतीय सामग्रीहरू एवं नवसञ्चार व्यवस्थाको कारण संसारले व्यवहार र विचारमा एक गाउँ र परिवारको रूप लिँदै गइरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धताले हरेक क्षणका घटनाका समाचारहरू र जानकारीहरू तत्कालै पाउने सुविधा प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र साँस्कृतिक रुपमा पनि अगाडि बढ्ने बताउँनुभयो । बलिया देशले कमजोर र अल्पविकसित देशहरुलाई नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो नियन्त्रणमा राख्ने अपराध गर्दै आइरहेको बताउँदै उहाँले व्यक्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि प्रविधिको विकासले ठूलो प्रभाव पारिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाही, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकलगायतले सम्मेलन अवधिभर नेपाली विद्यार्थीहरु प्राध्यापक र विदेशी पाहुनाबीच हुने अन्तरक्रिया र अनुभव आदानप्रदान फलदायी र ज्ञानबद्र्धन हुने बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।