
चैत १८,काठमाण्डौ ।
संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सिफारिस गरेको हो ।
पूर्वअर्थसचिव राया हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखा परीक्षक पद रिक्त रहेको थियो ।
पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो ।