हामीसँग जोडिनुहोस

सिरियामा इरानी वाणिज्य दूतावासमा आक्रमण, वरिष्ठ अधिकारी सहित पाँच जनाको मुत्यु

0 मिनेट

चैत २०,  एजेन्सी।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको ज्यान गएको छ । आक्रमणमा सुरक्षा निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो ।

आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ