
तेहरान, २३ चैत ।
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो ।
रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर आईआरजीसीको एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
उक्त भिडन्तमा १८ लडाकू र १० सुरक्षाकर्मीको मृत्यु भएको इरनाले जनाएको छ ।