हामीसँग जोडिनुहोस

आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदै

2 मिनेट

चैत २५, काठमाण्डौ ।

आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । तपाईको स्वास्थ्य हाम्रो अठोट  स्वास्थ्य सेवामा सर्वब्यापी पहुँचु भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् ।

बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।

बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार गएको माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनु पर्छ ।

डाक्टर बसौलाले स्वास्थ्य बिमामा सहभुक्तानी लागू भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था शुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई पनि तत्कालै भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास थालिएको बताउनुभयो । सरकारले आउँदो १० वर्ष अर्थात् २०९० सालसम्ममा स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकलाई सहभागी गराउने उद्देश्य राखेको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने उल्लेख छ । त्यसैअनुसार निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई पनि समेट्नेगरी काम भइरहेको बोर्डले जनाएको छ । आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।