हामीसँग जोडिनुहोस

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने

1 मिनेट

काठमाडौ,

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने भएको छ।

दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सुरुङ मार्गको ब्रेक थ्रु हुन लागेको हो। आज ब्रेक थ्रु भएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ। सुरुङ निर्माण आयोजनाका उप(आयोजना निर्देशक गोविन्द दुमरुका अनुसार काठमाडौंको बलम्बुबाट साढे आठ किमि दूरी रहेको सिस्ने खोलासम्मको यात्रामा छोट्टिएर २ दशमलव ६८८ किमिमात्रै हुनेछ।

फागुनमै यसको ‘ब्रेक थ्रु’ गर्ने भनिएको भए पनि स्थानीयको अवरोधले रोकिएको थियो। मुख्य सुरुङ २ दशलमव ६८८ किमि र आपत्कालीन सुरुङको दूरी २ दशलमव ५५७ किमि छ ।

आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ, पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच नौ बुँदे सहमतिपछि चैत ६ देखि निर्माण सुरु भएको थियो।

ब्रेक थ्रुपछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ। स्थानीयले अवरोध गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन्।

बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २ दशमलव ३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ। धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ ।

मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।