हामीसँग जोडिनुहोस

काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा भोलि देखि ६ घण्टा बिजुली कटौती हुने

1 मिनेट

बैशाख ४, काठमाण्डौ ।

काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा भोलि बुधवारदेखि वैशाख ८ गते शनिवारसम्म छ घण्टा बिजुली कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले आज सूचना निकालेर स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदल्ने र मर्मतको काम गर्न लागेको जनाएको छ । प्राधिकरणले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली नआउने जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीता पाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचगु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गे धारा, क्लब घर र बालाजु सबस्टेशन पछाडि तरकारी बजार रहेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।