हामीसँग जोडिनुहोस

यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा सयौँ यात्रु अलपत्र

1 मिनेट

बैशाख ६, काठमाण्डौ।

यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा सयौँ यात्रु अलपत्र परेका छन् । दुबई र शारजाहको विमानस्थल अवरुद्ध हुँदा कामका लागि जाने नेपाली काठमाण्डौमै रोकिएका हुन् ।

काठमाण्डौबाट दुबइ उडान भर्ने फ्लाइ दुबई, एयर अरेबिया, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन् ।

काठमाण्डौ–दुबई उडान गर्ने फ्लाइ दुबईको आजको उडान भने शुरु भएको छ । दिनमा चारवटा उडान हुने गरेकोमा बिहानको उडान नियमित रहेको र अरु उडान पनि हुन सक्ने फ्लाई दुबईले जनाएको छ । तर दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् ।

फ्लाई दुबईले यात्रुहरुलाई टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ ।

यस्तै यूएईको अर्को शहर शारजाह उड्नुपर्ने एयर अरेबियाको आजको उडान रद्द भएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका उडान तालिका पनि प्रभावित भएका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।