हामीसँग जोडिनुहोस

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

1 मिनेट

बैशाख ६, काठमाण्डौ।

पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए। । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ खुवाउँदै आएको छ। २०५६ सालदेखि जुकाको औषधि पनि नियमित खुवाउन थालिएको हो । आज छुटेका बालबालिकालाई भोलि पनि खुवाइने मन्त्रालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।