८ बैशाख, काठमाण्डौ।
चोभारस्थित जंगलमा आगलागी भएको छ । उक्त आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।
आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको हो । । घटनामा परेर सशस्त्र प्रहरीका तीनजना र तीन नगर प्रहरी घाइते भएका छन् ।
घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनीह्रूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।