हामीसँग जोडिनुहोस

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ देशको आग्रह

1 मिनेट

बैशाख १४, एजेन्सी।

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् । उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, डेनमार्क, हङ्गेरी, रोमानिया, सर्बिया लगायत १८ वटा देशका नेताले एकैसाथ निकालेका विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र आक्रमणमा घाइते भएका र अझै क्रासमा रहेका नागरिकको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय रहेको उल्लेख छ ।

गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन सकिने खबरमा उल्लेख छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।