बैशाख १५,काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।
यो खेल दिउँसो पौने ४ बजे दिल्लीमा शुरु हुनेछ । दिल्ली ९ खेलमा ८ अङ्कका साथ तालिकाको छैटौँ र मुम्बई ८ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।
आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र शीर्ष स्थानको राजस्थान रोयल्स खेल्दैछन् । खेल लखनउमा हुनेछ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । त्यस्तै समान ८ खेलमा लखनउ १० अङ्कका साथ चौथो स्थानमा छ ।