हामीसँग जोडिनुहोस

ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

0 मिनेट

१९ वैशाख, काठमाडौं ।

ललितपुरको गोदावरी नगरपालिका(४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका वडानम्बर ४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो  ।

पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।

ललितपुरको गोदावरी नगरपालिका(६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।